newskoseli.Com

‘जात्रा’ फिल्म आजबाट देशभर रिलिज हुँदै

लामो समय चर्चित हाँस्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंशको सहायक भएर काम गरेका प्रदीप भट्टराई शुक्रबारबाट रिलिज हुने फिल्म ‘जात्रा’ बाट निर्देशकीय डेब्यू गर्दे छन्।

बुधबार फिल्मको प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म हेर्नेहरूले फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको भन्दै मूक्तकण्ठले प्रशंसा गरे। मह जोडीसँग काम गरेका भएकाले कमेडीमा उनको दख्खल राम्रो रहेको उनको फिल्मबाट प्रमाणित भएको भनाइ प्रिमियरमा सहभागीहरूको रह्यो।

फिल्म हेरेका प्राय सबैले आफ्ना सामाजिक संजालमा फिल्म राम्रो भएको भन्दै प्रशंसा गर्दै सबैलाई फिल्म राम्रो भएकाले नछुटाउन आग्रह गरेका छन्। भट्टराई निर्देशित फिल्म २ घण्टा २६ मिनेट छ। फिल्ममा पशुपति प्रसादमा हनुमानको भूमिका निर्वाह गरेका रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झा, अभिनेत्री बर्षा राउत, प्रेक्षा बज्राचार्यको अभिनय रहेको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर