newskoseli.Com

थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन सुरु

जुनी फिल्मको प्रस्तुतिमा सोमबारदेखि राजधानीमा थारु कथानक चलचित्र ‘कसम तोहार– २’ को छायाङ्कन आरम्भ गरिएको छ । सामाजिक द्वन्द्व, नारीप्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्रको छायाङ्कन धनगढीबाट सुरु गरेको निर्देशक सुरज चर्णाबठवाले बताए ।

चलचित्रमा मुख्य नायकको भूमिका आषिश चौधरी र नायिकाको भूमिका सन्ध्या योगी थारुले गरेका छन् । कैलाली–कञ्चनपुरको पर्यटकीय क्षेत्रलाई समेटेर सो चलचित्रको छायाङ्कन गरिने निर्देशक चर्णाबठवाले बताए ।

थारु कथानक चलचित्रमा मुन थारु, सुमित्रा श्रेष्ठ, ज्योति यादव रहेका छन् भने खलनायकको भूमिकामा खुशीराम चौधरी, प्रभात चौधरी रहेका छन् । सुरज चर्णाबठवाको निर्देशनमा बनेको चलचित्रका शृङ्गार सुमन शङ्कर, छायाङ्कनमा सहयोग सोकिला चौधरी र नृत्य निर्देशनमा भीम अधिकारीले सहयोग गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रको कैलाली–कञ्चनपुर जिल्लामा रहेका पर्यटकीय स्थललाई चिनाउन यसै क्षेत्रमा चलचित्रको सम्पूर्ण छायाङ्कन गरिने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर