newskoseli.Com

कविता : ‘अाेए भूकम्प ! भत्काइदे’

ओए भूकम्प… !!
फेरि आईज…
भत्काईदे पुराना धरोहरहरू ।।

१९५० सँगै
उत्तरपन्थी,
दक्षीणपन्थीका काला कर्तुते पर्खालहरू… !!

सिंहदरबार
संसद् भवन,
पुरिदे धमिरा लागेका झुटा ईतिहासहरू

९–९ महिनामा सुत्केरी बिनाका सन्तान
सरकारको पुरै निसाना मेटाईदे…
नयाँ दुलही भित्र्याएर
नयाँ परिवार बसाउन प्रयत्न गर्नेछौ…

ढलाईदे राजनैतिक धमिरे ठुटाहरू…
छेकिदे त्यो तापीलो सूर्य,
अभियोग लागेका हतियारहरूका निशाना मेटाईदे…

पुनर्जागरण हुनेछन्
गरिब,
शेषित,
उत्पीडीत,
भोका वर्गहरूबाट
लेखिनेछन् सत्–सत् ईतिहासहरू…

बन्द गरिदे शे.व. दिएका यी खोलानालाहरू
मेटाईदे चैत्य गुम्बाहरूको निशाना,
यथार्थ ईतिहास जन्माउने छौँ
जुम्ल्याहा तिम्ल्याहा सपुत सन्तान ।।

सत्य युगबाट सुरु गर्नेछाैँ,
नयाँ देश नयाँ नाम,
अनि नयाँ काम !!
नयाँ बुद्धिले एक वर्षमा जहाज हैन,
स्वतन्त्र एकछाक हुनेछ
श्रमिकको बस्तीमा ।

 

 

खाेटाङ, बडहरे–९

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर