newskoseli.Com

टर्कीमा १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध,पत्रकार पक्राउ गर्न आदेश

दुई हप्ताअघि भएको असफल सैनिक ‘कु’ को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।

सरकारले समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी १ सय ३१ वटा सञ्चारमाध्यम बन्द गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत जुलाई १५ मा भएको कु मा संलग्न भएको आरोपमा तीन वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रिका तथा १५ म्यागजिन बन्द भएका छन् ।

यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द गरिएको छ । बन्द गरिएका सबै सञ्चारमाध्यम अमेरिकासहित पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको बताइएको छ ।

सरकारले ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएको छ भने ४२ जनाविरुद्ध वारेन्ट जारी गरेको छ । यस्तै १६ सय ८४ जना सैनिक अधिकारीलाई सरकारले पदमुक्त गरेको छ । जसमा १ सय ४९ जना जनरलसहितका उच्च अधिकारी छन् ।

सरकारले सैनिक कु को असफल प्रयासमा अमेरिकामा बस्दै आएका धर्म गुरु फतहुल्लाह गुलेनको हात रहेको आरोप लगाउँदै आएको छ ।

गुलेनले भने सैन्य कु मा आफ्नो संलग्न नरहेको बताउने गरेका छन् । सत्ता कब्जाको प्रयासका क्रममा कम्तिमा २ सय ४६ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर