newskoseli.Com

हिलारीले लगाइन् डोनाल्ड ट्रम्पलाई यस्तो गम्भिर आरोप

अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई अमेरिकाको सुरक्षा खतरामा पुर्‍याएको आरोप लगाएकी छिन् ।

डोनाल्ड ट्रम्पले रुसले हिलारी क्लिन्टनको एकाउन्ट ह्याक गरेर संवेदनशील हजारौं इमेल प्राप्त गर्ने आशा व्यक्त गरेका सन्दर्भमा यस्तो आरोप लागेको हो ।

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारले विपक्षी उमेदवारको राजनीतिक विरोध गर्नुको सट्टा विदेशी शक्तिलाई जासूसी गर्न प्रोत्साहन गरेको हिलारी क्लिन्टनको चुनाव प्रचारमा सहभागी प्रवक्ता जेक सुलिवानले बताएका हुन् ।

उता रुसी प्रवक्ता दिमित्री पेसकोवले भने राष्ट्रपति पुटिनले धेरैपटक रुस कुनै दोस्रो देशको आन्तरिक मामलामा कहिले हस्तक्षेप गर्दैन प्रष्ट गरेको बताए ।

अझ कुनै देशको चुनावी प्रक्रियामा त रुस पर्न नै चाहँदैन उनले भने । अमेरिकी संघीय जाँच एजेन्सी एफबीआईले यसअघि नै हिलारी क्लिन्टन विदेश मन्त्री भएको समयमा निजी इमेल सर्वरको लापरवाही ढंगले प्रयोग गरेको जनाएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर