newskoseli.Com

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण विफल

उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै विस्फोट भएर नष्ट भएको बताइएको छ । ३ हजार किलोमिटर रेन्जको उक्त क्षेप्यास्त्र केही सेकेन्ड मै ध्वस्त भएको थियो ।

पूर्वी तटीय क्षेत्र वोनसन नजिकै स्थानीय समयअनुसार बिहान ६ः४० मा पहिलो क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । दोस्रो परीक्षण ७ः२६ मा गरिएको थियो । दुबै परीक्षण विफल भएको बताइएको छ ।

उत्तर कोरियाले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर