newskoseli.Com

फेरि २५ प्रतिशतले महँगियाे तरकारी

लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार यी विभिन्न कारणले गर्दा गत वर्षभन्दा यस वर्ष तरकारीको मूल्य २५ प्रतिशतले वृद्धि भएको छ । सामान्यतया कालीमाटी तरकारी बजारमा दैनिक ८ देखि ९ सय टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६ सय टन मात्र तरकारी भित्रिएको छ । आयात कम हुँदा पनि मूल्यवृद्धि भएको हो ।

हिउँदको समयमा बढीमात्रामा तराईका जिल्लाबाट तरकारी आयात हुने भए पनि नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत पहाडका जिल्लाबाट मात्र तरकारी आयात भइरहेको छ ।

बिहीबार कालीमाटी तरकारी बजारमा थोक प्रतिकेजी मूल्य मुला १४ रूपैयाँ, बन्दा २४ रूपैयाँ, गोलभेँडा ८० रूपैयाँ, काउली ७० रूपैयाँ, करेला ५० रूपैयाँ, भिन्डी ४० रूपैयाँ, काँक्रो ७० रूपैयाँ, आलु ५८ रूपैयाँ रहेको व्यापारी विष्णु कँडेलले जानकारी दिए । उनका अनुसार तरकारीको उत्पादन कम हुँदा कृषकसँग महँगोमा खरिद गर्नुपरेकाले उपभोक्तालाई बढी मूल्य परेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर