newskoseli.Com

‘आइएसले ड्रोनमार्फत सैन्य केन्द्रमा भीषण हमला गर्ने खतरा’

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले आफ्नो युद्ध क्षमता विस्तार गर्दै मानवरहित विमान (ड्रोन)मार्फत हवाई हमलाको तयारी गरेको बेलायती अधिकारीहरुको ठहर छ ।

केहीदिन अघि इराक र सिरियामा आइएसको एक अखडाबाट अत्याधुनिक कम्प्युटर, खतरनाक हतियार र ड्रोन फेला परेको थियो । त्यसलगत्तै बेलायती अधिकारीहरुले आइएसबाट हवाइ हमलाको खतरा औंल्याएका हुन् ।

बेलायती अधिकारीहरुका अनुसार बेलायतका प्रमुख सहर र सैन्य केन्द्रमा त्यस्तो हमलाको खतरा देखिएको छ । आइएसले ड्रोनमार्फत समवेदनशील र सुरक्षा अखडाको नक्सा लगायतका जानकारी जुटाउन सक्ने खतरा पनि उनीहरुले औंल्याएका छन् ।

ड्रोनमार्फत आइएसले न्यूक्लियर हतियारमार्फत हमला गर्न सक्ने खतरा औंल्याइएको छ ।

बेलायतमा अनलाइनमार्फत घरमै बसेर ड्रोन खरिद गर्न सकिने भएकाले पनि सुरक्षा अधिकारीहरु त्यसको दुरुपयोग हुनेमा चिन्तित देखिएका हुन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर