newskoseli.Com

लागूऔषध तस्करीमा संलग्न चार जनालाई मृत्युदण्ड

इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् ।

उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन ।

मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच मानवअधिकारवादी संस्था एमनेस्टि इन्टरनेसनलले इन्डोनेसियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको छ । उसले मृत्युदण्डको विरोध गरेको छ । इन्डोनेसियामा लागू औषधविरुद्ध कडा कानुन बनाइएको छ ।

गत वर्ष लागू औषध तस्करीको अपराधमा १४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तिनै १४ जनामध्ये चारजनालाई मृत्युदण्ड दिइएको हो । बाँकी १० जनाको अवस्थाबारे केही खुलाइएको छैन ।

ती १० जनामा तीनजना इन्डोनेसियाली, एक भारतीय, एक पाकिस्तानी नागरिक छन् । त्यस्तै जिम्बाबेका दुई र नाइजेरियाका दुई जना पनि सोही सूचीमा छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर