newskoseli.Com

पोखरामा आजदेखि फिस फेष्टिभल सुरु

आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ ।

‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने आयोजक होटल तथा रेष्टुरेन्ट एशोसिएसन अफ लेखनाथले जनाएको छ ।

स्थानीय साँस्कृतिक कार्यक्रमहरुका साथै लोकदोहरी र पप कन्सर्ट फेष्टिभलको मूख्य आकर्षण रहनेछ । स्थानीय भेषभूषा र झाँकी प्रदर्शन, खुल्ला पौडी र माछा मार्ने प्रतियोगिता र तालहरुमा माछाका भुराहरु छाड्ने कार्यक्रमहरु फेष्टिभलको थप आकर्षणहरु रहनेछ ।

फेष्टिभलका लागि लेखनाथको बेगनास, रुपाताल र दिपाङ तालका स्थानीय माछाहरुका परिकार र प्रदर्शनी गरिने आयोजकले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर