newskoseli.Com

सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण

सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो ।

आक्रमणमा केही मारिएका छन् भने धेरै घाइते भएको सेभ द चिल्ड्रनले जनाएको छ । तर संख्या भने खुलाइएको छैन । हवाई आक्रमणको क्रममा एउटा बम अस्पतालको प्रवेश द्वारमा खसेको हो ।

आक्रमणमा परी अस्पतलामा उपचाररत बिरामी र कर्मचारी घाइते भएका हुन् ।

अस्पतालले एक महिनामा १३ सय ४० महिला तथा बालबालिकाको उपचार गर्ने गरेको र गत महिना अस्पतालमा तीन सय ४० बच्चा जन्मिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर