newskoseli.Com

विस्फोटमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

 अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा मङ्गलबार भएको बम आक्रमणमा परी जिल्ला प्रहरी प्रमुखको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा अर्का एक प्रहरी अधिकृतले पनि ज्यान गुमाएका छन् ।

खवाजा सबज पोस जिल्लाका प्रहरी प्रमुख सखी दाद असमानी र एक अर्का प्रहरी अधिकारी चढेको गाडी सोमबार राति विस्फोटक पदार्थसँग ठोक्किएर सो घटना भएको उत्तरी क्षेत्रका अफगान राष्ट्रिय प्रहरी (एएनपी)का प्रवक्ता सेयद सर्वार हुसैनीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
तालिवान र अन्य सरकार विरोधी तत्वहरुको आक्रमणमा हालका दिनहरुमा अफगान सुरक्षाबलको हताहति सङ्ख्या बढेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर