newskoseli.Com

नेपाली चित्रकलाको इटालीमा प्रदर्शनी हुने

समसामयिक नेपाली कलाकृतिको प्रदर्शनीका लागि १ सय ४० जना कलाकार इटाली जाने भएका छन् ।

इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि सिद्धार्थ आर्ट ग्यालरीको नेतृत्वमा नेपाली कलाकार इटाली जान लागेका हुन् ।

नेपाली कलामा देखिएका प्रवृत्तिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको कार्यक्रमका क्युरेटर जेनिफर कार्च भेर्जेले बताए। नेपालमा रहेका क्युरेटर भेर्जेले यो कार्यक्रम भौगोलिक परिवेशलाई समेत कलाकारले आफ्ना कलामार्फत चिनाउने अवसर रहेको बताए।

उनले इमागो मुन्डीको उद्देश्य विश्वका विभिन्न देशका कलाकारबाट कलाकृति सङ्कलन गरी पहिलो कला भूगोलको सिर्जना गर्नु रहेको बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर