newskoseli.Com

साउदीको एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ ।

कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ।

तर बिनलादिन समूहको यस निर्णयले सउदी सरकारलाई कुनै फरक नपर्ने पनि बताइएको छ ।

यो कम्पनी गत वर्ष मक्काको मस्जिदमा १०७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो ।

यो कम्पनीमा अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको पनि सम्बन्ध रहेको बताइएको थियो । साउदी राजपरिवारबाटै ठूला ठूला निर्माणलगायतका ठेक्का पाउने यस कम्पनीमा कुनै समय दुई लाखसम्म कर्मचारी रहेका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर