newskoseli.Com

३० करोड लागतमा २ वटा भवन बनाउँदै का.म.पा

 काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ ।

हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको का.म.पा.को प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

७ रोपनी जग्गामा बन्न लागेको उक्त भवनको छिटै शिलान्यास हुने प्रवक्ता कार्कीले जानकारी दिए ।९ रेक्टर स्केलसम्मको भूकम्प धान्नसक्ने ती भवनको नक्साङ्कन समेत तयार गरिसकेको छ । भूकम्पपछि आफ्नो कार्यालय जेडिए कम्प्लेक्समा सञ्चालन गर्दै आएको का.म.पा.ले मासिक करिब  १० लाख रूपैयाँ भाडा तिर्दै आएको छ ।

टेकुस्थित नगर प्रहरी ब्यारेकनजिकै निर्माण गर्न लागिको उक्त भवनको लागि  ३० करोड रूपैयाँ लागत लाग्ने अनुमान का.म.पा.ले गरेको छ ।

अबको १ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी कामअघि बढाइने बताइएको छ । गोरखा भूकम्पले क्षति पुर्याएको बाघदरबारको भवनलाई पुरातत्व विभागले मर्मतसम्भार गरेर सञ्चालन गर्न अनुमति दिएकाले सोहीअनुरुप सञ्चालन गर्ने तयारी का.म.पा.को छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर