
बिच बाटोमा छाड्ने ती, हातसँग दुश्मनी छ
बेमौसमी उज्यालिएको, रातसँग दुश्मनी छ ।।
सबै बिर्सी यौवनमा डुब्यौ प्रिय तिमी
संसार भुल्ने प्रेमको, मातसँग दुश्मनी छ ।।
जवानीमा कति लेखियो पात-पातमा प्रेमपत्र
तिमीले नपढी मेट्ने ती, पातसँग दुश्मनी छ ।।
उत्कर्समा पुग्न लागेको प्रेम सम्बनधमा
तगारो बनी छेक्ने, जातसँग दुश्मनी छ ।।
बडहरे–९, खोटाङ