newskoseli.Com

अस्पतालमा बिस्फोट : ४० को मृत्यु, दर्जनौं घाइते

TOPSHOT – Pakistani security officials and lawyers gather around the bodies of victims killed in a bomb explosion at a government hospital premises in Quetta on August 8, 2016. At least 40 people were killed and dozens more wounded after a blast at a major hospital in the Pakistani city of Quetta, the provincial health minister said, with fears the toll will rise. / AFP PHOTO / BANARAS KHAN

पाकिस्तानकाे दक्षिणपश्चिमी सहर क्वेटास्थित एक अस्पतालमा भीषण बम बिस्फोट भएको छ । बिष्फाेटमा परी कम्तिमा ४० को मृत्यु र दर्जनौं घाइते भएका छन् ।

एएफपीका एक समाचारदाता र पाकिस्तानी अधिकारीहरुले बिस्फोट शक्तिशाली भएकाले यस घटनामा मारिनेहरु सङ्ख्या बढ्ने आशङ्का व्यक्त गरेका छन् । उक्त बिस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनका अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरुमाझ गराइएको थियो ।

बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा साेमबार बिहानै मारिएका हुन् ।

अस्पतालस्थित शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र सर्वसाधारणहरुको भीडलाई लक्ष्य गरी सो बम फ्याँकिएको जनाइएको छ

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको र यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्यमन्त्री सलेह बलुचले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर