newskoseli.Com

अनौठो चिज

आज संसारमा
अनौठो चिजको
सृष्टि भएको छ
संसारभरिका नारीमा
श्रीमतीको छायाँ देख्ने
बोत्तल रित्याएर
घरको सङ्घार टेक्दा
छोरी र श्रीमती
छुट्याउन नसक्ने
कस्तो अनौठो चिज

सृष्टिकर्ताको बिगुल बनेर
कहिले खोचमा ठोक्किन पुग्छ
कहिले चोक र गल्लीमा जोतिन पुग्छ
कहिले डान्सबारमा अल्झिन पुग्छ
कहिले अरुकै बगैंचामा रोपिन पुग्छ
जहाँतहीं चराजस्तै नाजायज
बचेराहरु कोरल्दै
भागीहिँड्छ
कस्तो अनौठो चिज

खोई, सद्बुद्धि आउला कहिले ?
केवल जीवनसङ्गिनीको बगैंचामा
नागबेली खेल्दै
उन्नत वृक्षको
सृष्टि गर्न ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर