newskoseli.Com

धितोपत्र बजार उतारचढावमा छ अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो ।

यो साता बजारमा ६ अर्ब ५  करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १ सय ४१ कम्पनीका  २१ लाख १६ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्रीबाट  एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६ सय ७६ को सेयर कारोबार भएको थियो ।

सो दिन नेप्से परिसूचक ३.८८ अङ्कले घटेर बैकिङ, जलविद्युत्, बिमा र उत्पादनमूलक समूहका सूचक रातो भएका कारण बजार प्रभावित भएको थियो ।

सोमबार बजार यो वर्षकै उच्च ८८ दशमलव ८१ अङ्कले घटेर नेप्से परिसूचक १  हजार  सय ७५.९१ अङ्कमा झरेर रोकिएको थियो । उच्च अङ्कको गिरावटले गर्दा बजार डेढ घन्टा पहिले नै बन्द भयो । सो दिन ११ लाख ६२ हजार ५ सय ७१ कित्ता सेयर खरिदबिक्रीबाट  ८७ करोड ९३ लाख ८१ हजारको कारोबार भएको छ  ।

साताको तेस्रो दिन मङ्गलबार भने पँुजी बजारमा २ पटक ‘सर्किट ब्रेक’ लगाउँदा समेत नेप्से परिसूचक ८४. ५१ ले बढेर  २९ करोड ८३ लाख कारोबार भयाे, भने बजार १ हजार ७६०.४२ अङ्कमा पुगेको थियो ।

बुधबार बजारले अघिल्लो दिनकै लय समात्दै १९.१५ अङ्कले बढेको थियो । कुल १ सय ४६ कम्पनीका ३५ लाख ८१ हजार ४ सय ७५ कित्ता सेयर खरिदबिक्री भएको उक्त दिन कारोबार साताभरकै उच्च अर्थात्  २ अर्ब  २  करोड ८७ लाख ५९ हजार ७ सय ७९ बराबरको भएको छ ।

कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार भने सेयर बजारमा सामान्य गिरावट आयो । कुल ३५ लाख ४४ हजार ७ सय ८४ कित्ता सेयर खरिदबिक्रीबाट एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५ सय ७५ को कारोबार भएको बिहीबार बजार ४.७० अङ्कले घटेर १  हजार ७ सय ७४.८७ अङ्कमा झरेकाे  छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर