newskoseli.Com

पुटिनद्वारा फिडेल क्यास्ट्रोलाई जन्मदिनको शुभकामना व्यक्त

मस्को (रसिया), २९ साउन । रसियाली राष्ट्रपति भ्यालदिमिर पुटिनद्वारा शनिबार क्युवाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई उहाँको ९०औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।

रसियाली प्रशासन केन्द्र क्रेमलिनको वेभसाइटमा पोस्ट गरेको छोटो टेलिग्राम सन्देशमा रसियाली राष्ट्रपति पुटिनले क्यास्ट्रोलाई सम्बोधन गर्दै भन्नुभएको छ– प्रिय मित्र, तपाईंलाई रसियामा क्युवाको उत्कृष्ट राष्ट्रनेताका रुपमा सम्पूर्ण जीवन आदर गर्ने गरिएको छ ।

रसिया र क्युवाको मित्रता र सहकार्यका लागि क्यास्ट्रोको योगदानको अधिक मूल्याङ्कन गर्न साह्रै कठिन पर्छ, रसियाली राष्ट्रपतिले सन्देशमा लेख्नुभएको छ ।

म ९०औँ जन्मदिनको अवसरमा तपाईंको सु–स्वास्थ्य, दीर्घायु, उत्साह र समृद्धिको कामना गर्न चाहन्छ, राष्ट्रपति पुटिनले क्युवाका शीर्ष नेता क्यास्ट्रोलाई दिएको शुभकामना सन्देशमा भन्नुभएको छ । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर