newskoseli.Com

फिलिपिन्समा बाढीबाट ५ को मृत्यु दशौँ हजार विस्थापित

 फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण ५ व्यक्तिको मृत्यु भएको छ । बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन् ।

नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनीसमेत दिएका छन् ।
यस प्रकोपका कारण सरकारी कार्यालय र विद्यालयमा २४ हजारभन्दा बढी व्यक्ति शरणार्थीको रुपमा बसिरहेका छन् ।

गहिराइमा परेको इलाकामा बाढीको बढी सम्भावना रहेको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापनका प्रवक्ता रोमिना मरासिगानले एएफपी सममाचार समितिलाई बताएकी छिन् ।

बाढीको कारण विस्थापित भएका व्यक्तिहरु र मनिलाका वासिन्दासमेत गरी करिब दशौँ हजार रहेको बताइएको छ ।बाढीको कारण गत सोमबार नै १ माझी बेपत्ता भएका थिए । बाढीबाट करिब ७० हजार व्यक्तिको घर बगाएको प्रकोप नियन्त्रण तथा व्यवस्थापन केन्द्रले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर