newskoseli.Com

क्यास्ट्रोले फेरि गरे ओबामाको आलोचना

यस वर्ष आफ्नो ९०औं जन्मोत्सव मनाइरहेका क्युबाली शीर्ष नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्म दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने सबै क्युबाली नागरिकप्रति आभार प्रकट गरेका छन् । उनले सो पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको फेरि आलोचना गरेका छन् ।

क्युबाको राष्ट्रिय सञ्चार माध्यममा शनिबार सार्वजनिक भएको पत्रमा क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोले आफ्नो जन्मदिवसका अवसरमा आफ्नो सु–स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्ने सम्पूर्ण देशवासी तथा विदेशी शुभचिन्तकप्रति आभार व्यक्त गर्दै भनेका छन् – “हालैका दिनमा मेरो जन्मदिनको शुभकामना व्यक्त गर्दै शुभकामना, सम्मान तथा प्रशंसा व्यक्त गर्ने सबैमा आभार व्यक्त गर्छु, जसले मलाई नयाँ विचारका लागि ऊर्जा दिनेछ र यसलाई मैले पार्टीका लडाकु तथा सम्बद्ध सङ्घसङ्गठनमा प्रवाहित गर्नेछु ।

क्यास्ट्रोले आफ्नो जन्मदिवसको शुभकामाना दिने शुभचिन्तकप्रति आभार प्रकट गर्दै लेखेको पत्रमा उनको आफ्नो बाल्यकाल तथा युवा जीवनको स्मरण समेत गरेका छन् ।

पत्रको अन्त्यमा क्यास्ट्रोले अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१६ को मार्चमा क्युबा भ्रमणका क्रममा व्यक्त गरेको ‘क्युबाली जनताले अब आफ्नो भविष्य हेर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आलोचना गरेका छन् । क्यास्ट्रोले अमेरिकी राष्ट्रपति ओबामाले जापानको हिरोसिमामा मे महिनामा गरेको भ्रमणका क्रममा जापानसँग क्षमायाचना नगरेको भन्दै यसको समेत आलोचना गरेका छन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर