newskoseli.Com

१ सय ५ टन हात्तीका दाँत जलाइयाे

नैरोबी: केन्यामा तस्करहरुबाट बरामद मरेका हात्तीका सात हजार दाँत जलाइएको छ । यस्तो कदम हात्तीको शिकार र र दाँतको तस्करी रोक्न चालिएको हो ।  विश्व इतिहासमा यसअघि यति धेरै संख्यामा हात्तीका दाँत जलाइएको थिएन ।अफ्रिकामा हात्तीको संख्या करिब पाँच लाख रहेको छ । यहाँ हरेक साल ३० हजार हात्ती मारिने गरेका छन् ।
यहाँको सरकार हात्तीको शिकार र दाँतको तस्करीबाट वर्षौंदेखि हैरान रहेको छ । आइतबार जलाइएका सात हजार हात्तीका दाँतको बजार मूल्य नेपाली रुपैयाँ १० अर्ब ६० करोड रहेको छ ।
आइतबार सरकारले मारिएका सात हजार हात्तीका दाँतलाई एकसाथ जलाएको हो । जलाइएका हात्तीका दाँतको तौल करिब १०५ टन रहेको थियो ।  तस्करीको बजारमा यी दाँतको मूल्य एक सय मिलियन डलर अर्थात १० अर्ब ६० करोड रहेको छ।
अफ्रिकामा हरेक १५ मिनेटमा एक हात्तीको शिकार हुने गरेको छ । अघिल्ला १० वर्षमा हात्तीको डरलाग्दो संख्यामा शिकार भएको थियो ।
अफ्रिकाका हात्तीका दाँतको माग एसियामा अत्याधिक रहेको छ । जसका कारण अफ्रिकाका हात्ती दिनदिनै मारिँदैछन् ।
पछिल्लो तीन सालमा अफ्रिकामा एक लाख हात्तीको शिकार भएको छ । अफ्रिकामा हात्ती सँगै गैंडाको पनि डरलाग्दो संख्यामा शिकार भइरहेको छ।
गैँडाको खागको पनि तस्करी हुने गरेको छ। जसले सुन र कोकिन खरिद गरिन्छ । डरलाग्दो तस्करीले अफ्रिकामा अब केबल ३० हजार गैँडा बाँकी रहेका छन् । नर्दन व्हाइट गैंडाको त अस्तित्व नै सकिन लागेको बताइन्छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले हात्तीको शिकार र दाँतको तस्करीको कडा शब्दमा निन्दा गरेका छन् ।
‘हात्तीको मृत्युको मतलब प्रकृतिको मृत्यु पनि हो । हामीले यसमाथि प्रतिबन्ध लगाउनु जरुरी छ’, उनले भने, ‘हामी पुरै विश्वमा हात्तीको दाँतको तस्करी रोक्न चाहन्छौं । यो अभियानलाई कयौं सेलिब्रेटीले पनि सहयोग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर