newskoseli.Com

अमेरिकी सैन्य प्रमुख दक्षिण कोरिया

Gen. Mark A. Milley, Chief of Staff of the Army, poses for a command portrait in the Army portrait studio at the Pentagon in Washington, D.C., August 12, 2015. (U.S. Army photo by Monica King/Released)

अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्ने भएका  छन् । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लागेका हुन् ।

उनले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लागेका हुन् । दक्षिण कोरियाका सैनिक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । केही समय यतादेखि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । तनावकै  बीचमा अमेरिकी सेनाका प्रमुखले दक्षिणको भ्रमण गर्न लागेका छन् ।

उत्तर कोरियाले यसै वर्ष धेरै पटकसम्म आणविक परीक्षण गरिरहेको छ । जसका कारण यस कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
उत्तरको सो परीक्षणको विरुद्धमा दक्षिण कोरिया र अमेरिका मिलेर दक्षिण कोरियाली सीमाभित्र उक्त परीक्षणको निरीक्षण गर्ने एक गुप्तचर प्रणाली राख्ने निर्णय गरेका छन् ।

सो प्रविधिका लागि यस पटकको अमेरिकी सैन्य प्रमुखको भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।यस विषयमा अमेरिकी रक्षा मन्त्रालयले भने केही बताएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर