newskoseli.Com

इमनी हुठी विद्रोहीद्वारा अरब नेतृत्व गठबन्धनले अस्पतालमा गरेको हमलाको निन्दा

A saudi back fighter holds a rocket propelled grenade (RPG) during clashes with Shiite popular Huthi movement near the country’s third-largest city of Taez.

 यमनको हुठी विद्रोही समूहले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सोमबार गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।

हवाई आक्रमणमा अस्पतालमा उपचारारत ११ जनाको मृत्यु भएको थियो । हुठी विद्रोही समूहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तमिम अल शामीले भने—”द्वन्द्व प्रभावित इलाकामा ‘डक्टर्स विदाउट बोर्डर्सले उपचार सेवा प्रदान गरिरहेको अवस्थामा अस्पतालमा साउदी गठबन्धन सेनाको उग्रदस्ताबाट नागरिकमाथि हुने गरेकामध्ये सोमबारको घटना पनि एक निन्दनीय घटना हो र यसको हामी कडा निन्दा गर्न चाहन्छौँ” ।

सोमबारको घटनामा एक स्वास्थ्यकर्मीसहित ११ जनाको मृत्यु भएको थियो भने स्वास्थ्यसेवा लिन पुगेका १९ व्यक्ति घाइते भएका थिए ।
मानवअधिकारवादी सङ्घसङ्गठन तथा संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा सन् २०१४ को सेप्टेम्बरमा सुरु भएको द्वन्द्वका कारण करिब नौ हजार मानिसले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर