newskoseli.Com

पियूषको अभिनयमा ‘दबी–दबी’ को भिडियो

नेपाली मोडल पियूष कर्णले अभिनय गरेको ‘दबी–दबी’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गायक नारायणबाबु कोइरालाको आवाजमा सजिएको गीतमा पियूष कर्ण र मनिषकुमारका शब्द रहेका छन् ।

पियूषद्वारा नै संगीतबद्ध र नेपालमै रेकर्ड गरिएको गीतको भिडियो काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन गरिएको हो ।

विपिन रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा पियूष कर्ण, अनामिका आनन्द र मनिषकुमारको अभिनय छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर