newskoseli.Com

येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा

टोकियो । जापानी येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा परेको छ । येनको मूल्य १८ महिना यताकै सबैभन्दा महँगो भएपछि जापानी अर्थमन्त्रीले समेत यसलाई अत्यन्त तनावपूर्ण भनेका छन् ।

अहिले डलरको मूल्यको तुनामा जापानी येनको भाउमा वृद्धि भएको हो । सन् २०१४ का अक्टुबरमा प्रति एक डलरको मूल्य १०८.११ येन रहेकोमा अहिले त्यो झरेर १०६.३१ मा आइपुगेको छ ।

पछिल्लो दुई वर्षमा येनको मूल्य भण्डै ५ येन बढेको हो । अर्थमन्त्री तारो असोले भने–यो अत्यन्त चिन्ताजनक अवस्था हो । उनले पछिल्लो बजारको अवस्था र प्रवृत्तिलाई राम्रोसँग अध्ययन गरि थप कदम चाल्ने तयारीमा सरकार रहेको पनि बताए ।

जापानको प्रमुख आयश्रोत पर्यटन र गाडी तथा मेशीनरी सामानहरुको निर्यात हो । यसबाट प्राप्त हुने डलरको भाउ अस्वभाविक न्यून भएपछि जापान सरकारको टाउको दुखार्इ बनेको हो ।

जापानी येनको भाउ बढ्दा त्यहाँ कार्यरत नेपाली र अन्य विदेशी नागरिकहरुका लागि भने खुशीको कुरा हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर