newskoseli.Com

गजल

परिवर्तन के’भा छ र बारा उस्तै छ
रोल्पा अनि रुकुम खारा उस्तै छ ।।

बेरोजगारीको छटपटिमा छ देश
बिदेसीने युवा शक्ति सारा उस्तै छ ।।

हिजो जे थियो आज पनि त्यही छ
बलत्कार र ज्यानमारा उस्तै छ ।।

कति मरे कति घाइते अपाङ्ग छन्
सहिदका सपना र नारा उस्तै छन् ।।

नेपाललाई स्वीटजरल्याण्ड बनाउने
नेताहरूको हेर्नू त पारा उस्तै छ ।।

– राम कुमार रोका मगर मायालु
चुन्वाङ, रुकुम

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर