newskoseli.Com

विद्रोहीले मारे प्रहरीका ८ हाकिम

Flag map of Turkey, physical outside.

विद्रोही संगठनले गरेको हमलामा ८ प्रहरी अधिकारीको हत्या भएको छ । टर्कीको विद्रोही संगठन पिकेकेले उनीहरुको हत्या गरेको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कार बम हमला गरेका थिए ।

सो संगठनले गराएको बिस्फोटमा परी कम्तिमा पनि अरु ४५ नागरिक नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइएको र सो हमलास्थलमा हाल कडाई गरिएको बताइएको छ ।

बिस्फोट शक्तिशाली रहेको प्रहरीले जनाएको छ । बिस्फोटपछि कालो धुवाँको मुस्लो उडेका दृश्यहरु टेलिभिजनले देखाएका थिए । अनादोलु समाचार समितिले दिएको जानकारीअनुसार सो प्रहरी कार्यालयमा भएको बम विस्फोटबाट अधिकांश प्रहरी नै घाइते भएका छन् ।

उक्त घटनास्थलमा प्रहरीका एम्बुलेन्सका साथै हेलिकोप्टर पनि पठाइएको छ । सो हेलिकोप्टरबाट उद्वारका साथै थप आक्रममण नहोस् भनेर निगरानी भइरहेको छ ।

पछिल्लो समयमा टर्कीमा यस्तो आक्रमण दिनहुँजसो भइरहेका छन् । टर्कीमा जारी रहेको हिंसाप्रति सबैको अन्तर्राष्ट्रयजगतको ध्यानाकर्षण भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर