newskoseli.Com

अाजका मुनामदन ?

 

 

 

 

कि त सँगै बस्न मिल्ने पारा बनाइदेऊ !
कि त संविधानमा बेग्लै धारा बनाइदेऊ !!

मदन छन अरबमा मुना बस्छिन सहरमा
उमेर छ आगो बल्ने दुवै बाँच्छन कहरमा
काम खोज्न भोट जाने समयका हैनन् दुवै
मुना पनि मदन पनि हिजोजस्ता छैनन् दुवै
कि त …

परिवारको पुरानो सोच भत्कँदैछ दिनदिनै
छोडपत्रका घटनाहरू थपिँदैछन् दिनदिनै
मदन कता सल्कियो रे यता अर्कै पल्कियो रे
यस्तैयस्तै समाचार छापिँदैछन दिनदिनै
कि त …

फेरिएछि कथाव्यथा नयाँ जिन्दगीको
फेरिँदैछ परिभाषा मायाँ पीरतीको !
छेकिँदैन मान्छे अब परम्परा समाएर
उड्ने चरी पिँजडामा कहाँ बस्छ रमाएर
कि त …

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर