newskoseli.Com

जीवनको सम्भावना भएका तीन ग्रह फेला

खगोल वैज्ञानिकहरुका अनुसार पृथ्वी र सौर्यमण्डल जस्तै वातावरण भएका तीन ग्रह पत्ता लागेको छ । यी तीन ग्रहमा जीवनको सम्भावना हुन सक्ने उनीहरुको भनाई छ ।

३९ प्रकाशवर्षको दुरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी र शुक्र ग्रह समान छ । ‘नेचर जर्नल’ मा प्रकाशित शोधका अनुसार ती ग्रहमा जीवनका लागि उपयुक्त संकेत देखिएका छन् ।

बेल्जियमका शोधकर्ता माइकल गिलेनले भने, ‘यी ग्रह शुक्र, पृथ्वी र मंगलको स्तरमा छन्, यसको अर्थ ती ग्रहको सहतमा पानी तरल अवस्थामा हुन सक्छ र जीवनको सम्भावना पनि देखिएको छ ।’

उनका अनुसार यी ग्रह विद्यमान प्रविधिबाट आफ्नो वायुमण्डलीय बनावटको अध्ययनका लागि उपयुक्त छन् । यसको अर्थ ती ग्रहमा निर्वाध अध्ययन गर्न र त्यहाँ जीवनको सम्भावना खोज्न सकिने उनको भनाई छ ।

एएफपी समाचार एजेन्सीका अनुसार यस शोधमा संलग्न म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिक जुलियन डे विटले भने, ‘यी ग्रह निकै नजिक छन्, यो खगोल विज्ञानका लागि चिट्ठाजस्तै हो ।’ (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर