newskoseli.Com

सिरियाको अवस्थाबारे अमेरिकाको चिन्ता

सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहेका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको भन्दै तत्काल ठोस कदम चाल्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रसंघ र अरब लिगका प्रतिनिधिसँग भेट गर्दै विदेश मन्त्री केरीले सिरियामा रहेका सयौं जनता भोकमरीको शिकार बनेको, संघर्षका कारण घाइते भएकाहरुको अवस्था नाजुक रहेको र ब्यापार ब्यवसाय ठप्प रहेकाले जनता मारमा परेको भन्दै विश्व समुदायलाई तत्काल ठोस कदम चाल्न अपीलसमेत गरेका छन् ।

सिरियाको एलोप्पो शहरमा जारी संघर्ष अन्त्यका लागि प्रयास जारी रहे पनि सफलता हासिल गर्न नसकेको उनले स्पष्ट पारे ।

सो शहरमा बिगत ९ दिनमा मात्रै २ सय ५० जना मारिएका भन्दै एलोप्पो शहरका जनता थप मारमा परेको उनले जनाए ।

सिरियामा शान्ति वार्ताबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ लगायत अरब लिगका प्रतिनिधिहरु जेनेभामा भेला भएका छन् । यद्यपि शान्तिवार्ताको पहलले सार्थकता पाउने सम्भावना भने न्युन छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर