newskoseli.Com

देश तथा विदेशमा १ सय ५१ औँ मोति जयन्ति मनाईदैं

नेपाली साहित्यको गरिमा विशाल बनाउँने अनेक सर्जकमध्ये मोतिराम भट्ट अग्रपंत्तिमा आउँछन् । नेपाली गजलका पिता भनेर उपमा पाएका भट्टले संस्कृत भाषामा रहेको चर्चित कृति रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए ।

वि.सं. १९२३ भदौ कुसे औँसिको दिन जन्मिएका भट्ट नेपाली गजल र श्रृंगार रसका प्रतिक पनि मानिन्छन् । उनको निधन वि.सं.१९५३ साल काठमाडौंमा ३० वर्षको कलिलो उमेरमा भएकोे थियो ।

दुई आँखि भौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोतीनीर जुहार न हो अरु हार पो किन चाहियो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर