newskoseli.Com

ब्राजिलका राष्ट्रपति रुसेफलाई पदबाट हटाइयो

ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो ।

सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । सिनेटका ८१ मध्ये ६१ जना सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका थिए । योसँगै ब्राजिलमा रुसेफको वर्कर्स पार्टीको वामपन्थी सरकारको १३ वर्षे शासनकाल अन्त्य भएको छ ।

रुसेफले देशको बजेट हिनामिना गरेको आरोप लागेको थियो । तर उनले भने त्यो आरोप अस्वीकार गरिरहेकी छिन् ।रुसेफको कार्यकाल आगामी सन् २०१९ को जनवरी १ मा सकिँदै थियो । अब बाँकी कार्यकाल कार्यकारी राष्ट्रपति मिसेल टेमरले पूरा गर्ने भएका छन् ।

नरम–दक्षिणपन्थी पीएमडीबी पार्टीका नेता मिसेल टेमलले चाँडै नै राष्ट्रपति पदको सपथ लिने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर