newskoseli.Com

मदर टेरेसालार्इ क्रिश्चियन सन्तको उपाधि दिइयो

भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।

लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।  टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले भने — “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरुको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरुमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं । ”

समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टी गरिएको थियो भने तिन हजार सुरक्षा अधिकृतहरु परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।  टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरुको सेवागरी आफ्नो युवा अवस्था भारतमा बिताएकी थिइन् । उनको पछिल्लो भूमिकाकाले उनलार्इ विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उनले १९७९ को नोवेल शान्ति पुरस्कार पाएकी थिइन । तर धर्म निरपेक्षता पक्षधरले उनकाे आलोचना पनि गर्ने गर्दथे ।

उनकाे निधनपछि उनकाे सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर