newskoseli.Com

जन्मोत्सव मनाउने अनौठो प्रचलन

कन्या राशि भएका दुईसय जना ब्यक्तिले नान्जिङ्गको नगर किल्लामाथि जम्मा भइ आ-आफ्नो जन्मोत्सब समारोह भब्य र अनौठोरुपमा मनाएका छन् ।

नान्जिङ्गका ऐतिहासिक मिङ बङशीय बादशाहद्वारा निर्मित विशाल नगर किल्ला (पर्खाल) निर्माण गरिएको आज छ सय पचास वर्ष पूरा भएको दिन पारी अगस्ट २२ देखि सेप्टेम्बर २२ सम्म जन्मदिन परेका कन्याराशिका उक्त दुईसय जनाले एक आपसमा बर्थडे केक, उपहार, अन्य सामाग्री तथा शुभकामना आदान प्रदान गरी जन्मोत्सब भब्यरुपमा मनाएका छन् ।

उक्त समारोहमा भाग लिन जाने कान्छा सहभागी एक वर्षका शिशु छन् भने जेठामा ९० वर्षका ज्येष्ठ नागरीकसमेत छन् । समारोहमा प्रख्यात बेलायती गायक तथा भायोलिन बादक चार्लि सिएमले आफ्नो गायन तथा बादन कला प्रस्तुत गरी भब्य आकर्षण थपेका थिए । उनी चीनमा आयोजना हुन गइरहेको लन्डन डिजाइन फेस्टिभल २०१६ मा भाग लिन चीन आएका थिए र मौका परेकाले यस प्राचीन किल्ला महोत्सबमा पनि सहभागी भए ।

चीन एकीकरण हुनु धेरै पहिला नान्जिङ्गका ऐतिहासिक मिङ बङशीय बादशाहद्वारा आफ्नो नगरलाई दुश्मनको आक्रमणबाट सुरक्षित राख्न पूरै नगरलाई घेर्ने बिशाल पर्खाल सन् १३६६ सेप्टेम्बर पाँचका दिनदेखि निर्माण गर्न लगाएका थिए ।

यस नगर किल्लालाई विश्वकै ठूला पर्खालहरुमध्ये एउटा पर्खाल र चीनको राम्ररी संरक्षित प्राचीन सम्पदामध्ये एउटा सम्पदा मानिएको छ ।  यस पर्खालको २५.१ किलोमिटर खण्ड अझै पनि मजबूत अवस्थामा रहेको र बाँकी खण्ड भने जीर्ण भई बेला बखतमा मर्मत सम्भार गरिएको थियो ।  पर्खाल निर्माण गरिएको धरातल सतह अनुसार कहीँ कहीँ चौबीस मिटर (करीब ८० फिट)सम्म उचाइ गएको छ तथा कहीँ पन्ध्र मिटर (पचास फिट)सम्म फराकिलो समेत छ ।

प्राचीन र ऐतिहासिक सम्पदाका हिसाबले नान्जिङ्ग महानगर चीन भरी अत्यन्त धनी मानिन्छ । यस नगरका धेरैजसो प्राचीन सम्पदाहरुलाई युनेस्कोले विश्व सम्पदाको श्रेणीमा राखी सूचिकृत गरेको छ ।  नान्जिङ्गका लोकप्रिय ब्यक्तित्व झु युहोङग पनि आफ्नी नातिनीलाई साथ लिई यस अनौठो जन्मोत्सब समारोहको भीडमा मिसिन आइपुग्नु भएको थियो ।

उनकी नातिनीले स्थानीय ओपेरा स«ङ्गीत झङ्कार “दि पास्ट अफ साउथ टाउन नान्जिङ्ग” बडो रमाइलो मानेर सुनिन् । यस ओपेरा सङ्गीत र गायनको मुख्य बोल “नान्जिङ्ग किल्ला भरी तेह्र्वटाद्वार” भन्ने रहेको छ ।

यथार्थमा, हाल यस विशाल पर्खालमा चारवटा मात्र ढोका छन् । पहिलेका युद्ध र शहरीकरणमा परी पर्खालका बिभिन्न खण्ड क्षतविक्षत र खण्डित भएका छन् ।  नान्जिङ्ग नगरकिल्ला संरक्षण तथा ब्यवस्थापन केन्द्रका प्रमुख चाओ फाङगिङगका अनुसार पर्खालको मर्मत सम्भार गत १२औँ वर्षदेखि निरन्तर चलिरहेछ । मर्मत, सम्भारकार्य चाँडै नै सम्पन्न गरी सकेसम्म बढीभन्दा बढी खण्ड सार्वजनिक प्रयोजनलाई खुल्ला छाड्ने योजना रहेको छ ।

कथा, कविता लेखन प्रतियोगीता, खेलकूद प्रतियोगीता, राम रमिता, तमाशाजस्ता सांस्कृतिक, खेलकूदसम्बन्धि, मनोरन्जनात्मक र अन्य बिबिध कार्यक्रमहरु यस प्राचीन पर्खालमाथि वर्ष भरी नै आयोजना भइरहने तथ्य पनि केन्द्र प्रमुख चाओले बताए । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर