newskoseli.Com

सिरियामा भएको विस्फोटमा तीसको मृत्यु

सिरियाको तटिय प्रान्त तार्तुसलगायत अन्य प्रान्तमा भएको दुई वटा बम विस्फोटमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य ४५ जना घाइते भएका राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

सरकारी नियन्त्रणमा रहेको तार्तुसलगायत होम्स र हसाकेहका सो आक्रमणमा भएको छ ।
राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले प्रान्तीय राजधानी तार्तुसको तार्तुस सहरमा नै भएको यस दुई वटा बम विस्फोटनमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ घाइते भएका बताएको थियो । तर पछि सो सङ्ख्या बढेको बताइएको छ ।

सो इलाकामा सिरियाली राष्ट्रपति बसार अल असद बलियो प्रभाव रहेको छ । दुई वटा आतङ्ककारी आक्रमण भएको पहिलो कारबम विस्फोट र दोस्रो आत्मघाती आक्रमण भएको बताइएको छ ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरुद्ध सुरु भएको जनआन्दोलनको क्रममा तार्तुस भीषण हिंसा प्रभावित प्रान्तको रुपमा रहेको छ । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर