newskoseli.Com

युक्रेनी राष्ट्रपतिद्वारा नेटोमा आफ्नो सदस्यता ‘सामरिक लक्ष्य’ भएको भनाई

युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले मङ्गलबार नेटोमा युक्रेनको सदस्यता एउटा ‘सामरिक लक्ष्य’ भएको बताउँदै यसमा पश्चिमा मुलुकले शङ्का नगर्न आग्रह गरेका छन् ।

युरोप तथा केही अन्य पश्चिमा मुलुकले पूर्वसोभियत राज्य युक्रेनलाई सदस्यता दिन आनाकानी गरिरहेका बेला पोरोसेन्कोको यो भनाई आएको हो ।

केही नेटो सदस्य राष्ट्रले युक्रेनलाई नेटोको सदस्यता प्रदान गर्नु रसियालाई थप क्रोधित तुल्याउने कारक तत्व बन्नसक्ने धारणा राख्दै यस विषयमा राम्ररी सोचेर मात्र निर्णय लिनुपर्ने धारणा राख्दै आएका छन् ।

पोरोसेन्कोले युक्रेनलाई युरोपियन युनियन (ईयू) को सन् २०२० सम्म सदस्यता प्राप्त गर्ने लक्ष्य बनाएका छन् । सन् २०१४ मा युक्रेनमा रसियाली पक्षधर विद्रोहीले सशस्त्र विद्रोह गर्दा करिब १० हजार मानिसले ज्यान गुमाएका छन् । यसमा युक्रेनले रसियाद्वारा युक्रेनी नागरिकलाई देशविरोधी आन्दोलन गर्न उक्साएको आरोप लगाएको छ भने रसियाले यसको प्रतिवाद गर्दै आएको छ । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर