newskoseli.Com

इराकको बग्दादमा बम आक्रमणमा पाँचको मृत्यु

इराकको राजधानी बग्दादको छिमेकमा पर्ने व्यापारिक क्षेत्र कर्रादामा मङ्गलबार भएको एक कारबम विस्फोटमा परी पाँचभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्रायःव्यस्त भइरहने यस इलाकालाई लक्ष्यगरी गरिएको उक्त बम विस्फोटमा परी अन्य १९ जना घाइते भएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पछिल्लो प्रतिवेदनअनुसार कर्रादामा भएको यस कारबम आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका नाम नबताउने शर्त प्रहरी स्रोतले जानकारी दिएको छ । सोमबार मध्यराति सो बम आक्रमण भएको बताइएको छ ।

यस विस्फोटमा परी नजिक रहेको एक ‘कफिसप’)लयायत कैयाँै पसलहरु, सर्वसाधार।ण नागरिक सवारी साधन ध्वस्त भएका छन् । जुलाइको सुरुका कर्रादा क्षेत्रमा भएको भीषण बम आक्रमणमा परी सयौँ व्यक्ति मारिनुको साथै घाइते भएका थिए ।

इराकमा गत अगस्टमा भएको आतङ्ककारी आक्रमण र हिंसामा परी ६७१ जना इराकीको मृत्यु हुनुको सार्थै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसनले गत बिहीबार जानकारी दिएको छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर