newskoseli.Com

झण्डै २१ करोड राजस्व असुली

 राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त रकम असुल गरेको पथलैयाका प्रमुख अनुसन्धान अधिकृत ज्ञानेन्द्रराज ढकालले राससलाई बताए।

राजस्व छली गर्नेमा अधिकांश वीरगन्जका केही प्रतिष्ठित व्यापारी रहेको भन्दै प्रमुख ढकालले उनीहरुको नाम सार्वजनिक गर्न मानेनन् । आर्थिक नगरीका रुपमा रहेको वीरगन्जका केही व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गर्ने गरेकाले उनीहरुको खाता कब्जामा लिई छानबिन गर्ने गरेको बताइएको छ ।

ती व्यापारीले सामान आयात–निर्यात गर्दा कम मूल्याङ्कन राख्ने, कम सामान देखाएर राजस्व छल्ने गरेकाले त्यस्ता व्यापारीमाथि कडा निगरानीसमेत राखिएको छ । ती प्रतिष्ठित व्यापारीले वीरगन्ज भन्सारका कर्मचारी तथा सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर राजस्व छल्दै आएको समेत बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर