newskoseli.Com

नयाँ सिलिन्डरको बिक्रीले ग्यास असहज

ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् ।

पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना वितरक र बिक्रेताको लगानी जोखिममा परेको छ ।

एलपी ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद पौडेल विभिन्न ग्यास उद्योगले अभावको मौका छोपी कालोबजारीलाई प्रश्रय दिने गरेका बताउछन् ।

ग्यास बिक्रेता सञ्जीवबहादुर कोइरालाले पुराना बिक्रेताका खाली सिलिण्डर नभरिएसम्म अन्य उपभोक्तालाई ग्यास दिन नहुने बताए।

अर्का बिक्रेता बालकृष्ण कोइरालाले आपूmले हप्तामा एक हजार २०० भन्दा बढी सिलिण्डर बिक्री गर्दै आएकोमा हाल उद्योगले १५० भन्दा बढी सिलिण्डर नपाएको धारणा राखे ।

नेपाल आयल निगमले कास्कीमा स्थापित दुई उद्योगलाई गण्डकी र धवलागिरी अञ्चलका लागि ४५० देखि ५०० मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको र यो अपुग भएपछि अरु ठाउँका उद्योगले आफ्ना ग्यासका सिलिण्डर बिक्री गर्दै आएका छन् ।

कास्कीमा एक लाख २० हजार सिलिण्डरको माग रहेको र जिल्लाका ६५ वटा बिक्रेतामार्पmत ग्यास बिक्री हुने गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर