
पेरुको उत्तरी क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पेरुको उत्तरी सहर मोयोवाम्वाबाट ५० किलोमिटर टाढा रहेको जङ्गली क्षेत्रमा रहेको बताइएको छ ।
जमिनबाट करिब ११४ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । रासस/एएफपी