newskoseli.Com

विद्रोहीको आक्रमणमा १३ को मृत्यु

उत्तरी बेनीको मिमिबो र मुत्सोङ्गे इलाकामा स्थानीय समयानुसार मङ्गलबार राति ७ः४५ देखि ९ बजे सम्म सो आक्रमण भएको थियो ।

यो आक्रमण कङ्गोमा स्थायित्वको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (मोनुस्को) को शिविरबाट दुई सय मिटर टाढा यो आक्रमण भएको थियो ।

यसैबीच कङ्गोको उत्तरी प्रान्त किभुमा सन् २०१४ देखि हालसम्म विद्रोहीको आक्रमणमा करिब १ हजार १७ व्यक्तिको मृत्यु भएको सो प्रान्तको नागरिक समाज समूहले मङ्गलबार जानकारी दिएको छ ।

सो स्रोतका अनुसार केही युगान्डाली विद्रोहीसहित सोही विद्रोही समूहले उक्त अवधीमा बेनी र लुबेरो क्षेत्रमा करिब एक हजार ३९१ जना व्यक्तिको अपहरण गर्नुको साथै ४१ जना महिलाको बलात्कारसमेत गरेका थिए ।

कङ्गो सरकारलाई हरेक प्रकारको हिंसा अन्त्यगर्न आग्रह गरिएको पनि नागरिक समाज समूहले जानकारी दिएको छ ।

बेनी र लुबेरो क्षेत्रहरुमा भएका अपराधहरुको अनुसन्धान गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरिएको बेनी क्षेत्रका नागरिक समाजका संयोजक गिल्बेर्ट कमबालेले बताउनु भएको छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर