newskoseli.Com

भूकम्पबाट १६ को मृत्यु २ सय ५३ घाइते

उत्तरपश्चिमी तान्जानियामा शनिबार आएको ५.७ रिक्टर स्केलको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तिमा १६ पुगेको छ ।

भूकम्पमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै २ सय ५३ घाइते भएका स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

भूकम्पमा परी मृत्यु भएका १६ मध्ये १५ बुकोबा जिल्लामा अवस्थित निम्न माध्यामिक निजी विद्यालयका १५ विद्यार्थी (केटाहरु) परेका कगेरा प्रान्तमा गभर्नर सलुम किजुउले बताएका छन् ।

सुरुमा यस भूकम्पमा परी ११ को मृत्यु हुनुको साथै १ सय ९२ जना घाइते भएका बताइएको थियो । तर, आइतबार यो सङ्ख्या बढेर मृतक १६ र घाइते २ सय ५० पुगेको बुकोबाका जिल्ला आयुक्त देओदातुस किनाविलोले बताए ।

बुकोबा सहर भूकम्पको केन्द्रविन्दु परेको सहरनजिकै रहेको बताइएको छ । भूकम्पमा परी घाइते भएका केही व्यक्ति अस्पतालबाट घर फर्किसकेका किनाविलोले एएफपीले बताएका छन् ।

अमेरिकी सर्वेक्षण संस्थाका अनुसार यस भूकम्पको कम्पन रुवान्डा, बुरुन्दी युगान्डा र केन्यामा समेत महसूस गरिएको थियो । राजधानी दार ए सलाममा भने यस भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर