newskoseli.Com

जाम्बियाका राष्ट्रपतिद्वारा सपथग्रहण

जाम्बियाका नवनिर्वाचित राष्ट्रपति एडगार लुङ्गुले मङ्गलबार सपथग्रहण लिनुभएको छ ।

उक्त क्षेत्रका नेताहरू जिम्बावेका रोबर्ट मुगाबे तथा बोटस्वानाका इयान खामाको उपस्थितिमा सपथग्रहणका कार्यक्रम गरिएको थियोे ।

जाम्बियाको प्रतिपक्षी दलले नवनिर्वाचित राष्ट्रपतिले निर्वाचनमा अतियमितता गरी बहुमत लिएको भनी राष्ट्रपतिको सपथग्रहण समारोहलाई रोक्न अदालत पुगे पनि उच्च अदालतले उक्त निवेदन लिन अस्वीकार गरेपछि मङ्गलबार सपथग्रहण भएको छ । जुङ्गुले गत महिना भएको निर्वाचनमा ५० प्रतिशत अर्थात् आवश्यक पर्ने बहुमत भन्दा बढी मत प्राप्त गरेपछि उहाँका प्रतिद्वन्द्वी हकाइँदे हिचिमेमाले निर्वाचनका क्रममा लुङ्गुले व्यापक अनियमितता गरी चुनाव जितेको भनी अदालतमा पुग्नुभएको थियो ।

जाम्बियाको मुख्य निर्यात हुने मूल्यवान धातु तामाको मूल्यमा गिरावट आएपछि जाम्बियाको अर्थतन्त्रमा परेको नकारात्मक असरपछि सत्तापक्ष र प्रतिपक्षीबीच तनाव चर्किएको थियो । रासस/एपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर