newskoseli.Com

सविना ‘दि फेसम’ मा

नायिका सविना कार्की जति नै मेहनत गरे पनि अभिनयमा स्थापित हुन सकेकी छैनन् । चलचित्र ‘एटिएम’ को विवादास्पद अभिनयबाट विवादमा परेकी सविनासँग त्यसपछि निर्माता–निर्देशकहरू तर्किए ।

पहिलो चलचित्र नै विवादमा आएपछि सविनाले ठूला ब्यानरका चलचित्र पाउँदै पाइनन् । केही साना बजेटका चलचित्रमा समेत सविनाको कामको सकारात्मक मूल्यांकन हुन सकेन । यतिबेला उनी चलचित्र ‘दि फेसम’ का कारण केही उत्साहित देखिन्छिन् । कात्तिक १२ गते प्रदर्शनमा आउने यो चलचित्रमा सविनाले नयाँ कलाकारहरूको साथ पाएकी छिन् । सञ्चारकर्मी–निर्देशक समिर बलामीको निर्देशनको यो चलचित्रमा सविनाले निर्वाह गरेको भूमिका भने हालसम्म गोप्य नै राखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर