newskoseli.Com

के पुजा लाऊँ शिव, के पुजा लाऊँ

दिएँ अञ्जुलीले पानी, बिर्सी सागरको जल,
दिएँ आरती बत्तिको, सुर्यको छवी बिर्सेर,
अनि हराभरा पृथ्वीलाई बिर्सेर,
एउटा बोहतामा पुष्पाञ्जलीसम्म चढाइयो,
तर सद्भक्तिको गोल विश्वभन्दा विशाल छ ।

जल चढाऊँ भने माछाको जुठो
दिप चढाऊँ भने औलाको जुठो
दुध चढाऊँ भने बाछाको जुठो
नैवेद चढाऊँ भने कचौरको जुठो ।

अर्थ चढाऊँ भने अनर्थको जुठो
चन्दन चढाऊँ भने चनौटाको जुठो
मन चढाऊँ भने वासनाको जुठो ।

अक्षता चढाऊँ भने ओखलको जुठो
बुद्धि चढाऊँ भने संसारको जुठो
फुल चढाऊँ भने भमराको जुठो
वस्त्र चढाऊँ भने जुलाहाका जुठो ।

दृश्य बस्तु जुठै जुठो बुद्धि केहि छैन ।
चढाउने श्रद्धा मेरो नभएको हैन
आफुलाई नै चढाउँछु, यहि शुद्ध होला
खुसि हुनुस् आशुतोष शिवशंकर भोला ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर