newskoseli.Com

इजरायली राष्ट्रपति पेरेजको स्वास्थ्यमा सामान्य सुधार

नोभेल शान्ति पुरस्कार विजेता तथा इजरायलका पूर्व राष्ट्रपति सिमन पेरेजको स्वास्थ्यमा सामान्य सुधार देखिएको उपचाररत अस्पतालले बुधबार जनाएको छ ।

९३ वर्षीय पेरेजलाई मङ्गलबार मस्तिष्कघात भर्इ बेहोस भएपछि अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सक यित्जाहक क्रेसले बताए ।

क्रेसका अनुसार उनलार्इ उमेर बढी भएकाे कारण शल्यक्रिया नगरिने तर औषधि दिएर हुनसक्ने उपचार गरिनेछ ।

बुधबार पेरेजको स्वास्थ्यमा सामान्य सुधारका सङ्केत देखिए तापनि उनकाे अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

उनलाई मेसिनद्वारा कृतिम स्वास प्रदान गरार्इ राखिएकाे छ । पेरेज समय समयमा होसमा आउने भएको बताइएको छ । चिकित्सकले पेरेजलाई दिइराखिएको औषधि केही घटाएर हेर्ने बताएका छन् । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर