newskoseli.Com

३६ लाख मुनाफा आर्जन गर्न सफल भयो बचन सहकारी

७ वर्षअघि स्थापना भएको ‘बचन बचत तथा सहकारी संस्था’ले आव २०७२/७३ मा  ३६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो सहकारीको बिहबार सम्पन्न सातौं साधारणसभामा निक्षेप  ६ करोड ७९ लाख १९ हजार रूपैयाँ र चुक्ता शेयर पूँजी १ करोड ६१ लाख २८ हजार सार्वजनिक गरिएको छ ।

‘हाम्रो बचन नै सुरक्षित बचत तथा लाभ’ उद्घोषका साथ अघि बढेको सो सहकारीको साधारसभामा व्यवस्थापिका संसद्का सांसद् तथा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ले सहकारी ऐन समय सापेक्ष हुनुपर्नेमा जोड दिँदै वतमान अर्थतन्त्रका लागि सहकारी एक मुख्य आधार भएको बताए ।

सो अवसरमा सहकारीको उत्थानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने संस्थापक तथा उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा प्रा डा. मनोहरकृष्ण श्रेष्ठ, भरत गिरी र देसमर्दन बस्न्यात हुनुहुन्छ । सो सहकारीका अध्यक्ष सुरज केसीले आव २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर