newskoseli.Com

१ करोड ३४ लाख सङ्कलन

 सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा १ करोड ३४ लाख रूपैयाँ सङ्कलन भएको छ । बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो ।

महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले १ लाख ५२ हजार रूपैयाँ दान गरेको विद्यालयका प्राचार्य रत्नमान श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा यसै वर्षबाट सुरु गरिएको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन शैक्षिक महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट सङ्कलित रकमले विद्यालयमा १० कोठे छात्रावास निर्माण गरिने श्रेष्ठले बताए ।

गत भदौ २३ गतेदेखि सुरु भएको महोत्सवमा १ सय ८ राष्ट्र शान्ति महायज्ञका सङ्कल्पकर्तावाचक गोविन्द शरण र वाचीका मिरादेवीले श्रीमद्भागवत कथावाचन गरेका थिए । महोत्सवमा हिन्दूबाहेक अन्य धर्ममा आस्था राख्नेले पनि दान तथा सहयोग गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर